सबैलाई समान व्यवहार गर्छुः मुख्यमन्त्री शाक्य

११ असोज, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाल स्काउट बागमती प्रदेशको संरक्षकको भूमिकामा रहँदा कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता गर्नुभएको छ ।
सोमबार हेटौंडामा स्काउटको सपथ लिँदैे मुख्यमन्त्री शाक्यले आफुँले संरक्षकको सपथ लिईसकेको बताउँदेै आफ्नो ठाउँबाट सबैलाई समेटेर अगाडी बढाउने बताउनुभएको हो । यस्तै उहाँले कसैलाई विभेद नगरी सबैलाई समान व्यवहार गर्ने उहाँको भनाई थियो । मुख्यमन्त्री शाक्यसँगै सामाजिक विकास मन्त्री विजय सुवेदी, राज्यमन्त्री जुनेली श्रेष्ठलाई पनि सपथ ग्रहण गर्नुभएको छ । बागमती प्रदेशमा स्काउटको संरक्षण मुख्यमन्त्री हुने, सामाजिक विकास मन्त्री प्रमुख स्काउट रहने व्यवस्था रहेको छ । यसैगरी मुख्यमन्त्री शाक्यले हेटौंडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महत र उपप्रमुख मिनालामा, नगर शिक्षा प्रमुख गंगाधर रिमाललाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । स्थानीय तहको संरक्षकको रुपमा उनीहरुलाई सपथ गराइएको होे । यस्तै बागमती प्रदेशको सामाजिक विकास मन्त्री एवम् प्रदेश स्काउट प्रमुख विजयी सुवेदी चितवनको ७ स्थानीय तहको स्काउट संयोजकहरुलाई सपथ खुवाउनुभएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका प्रमुख एवम् स्काउट हेटौंडाको संरक्षक हरिबहादुर महतले हेटौंडा उपमहानगर कमिटीलाई सपथ खुवाउनुभएको थियो ।