बागमती प्रदेश पहिलो साक्षरता प्रदेश घोषणा

११ असोज, हेटौँडा । बागमती प्रदेशलाई पहिलो साक्षरता प्रदेश घोषणा गरिएको छ ।
सामाजिक विकास मन्त्रालयमा सोमबार एक कार्यक्रमका बीच मुख्यमन्त्री शाक्यले साक्षरता प्रदेश घोषणा गर्नुभएको हो । साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजनिक गर्दै उहाँले बागमती प्रदेशलाई अझै पुर्ण साक्षरता बनाउन आवश्यक रहेको बताउनुभयो । केही प्रतिशत जनसंख्या साक्षर बनाउन बाकी रहेको भन्दै उनीहरुलाई लक्षीत गरी शिक्षा निती बनाउनुपर्नेमा मुख्यमन्त्री शाक्यले जोड दिनुभयो । भौगोलिक विकटता रहेको प्रदेशमा चुनौतीहरु के हो पहिचान गरी स्थानीयतहदेखि कार्यदिशा प्रस्ट बनाई काम गरिनुपर्ने उहाँले बताउनुभयो । १५–६० उमेर समूहको साक्षरता रहेको भन्दै गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्ला साक्षरता घोषणा भए सँगै प्रदेश साक्षरता घोषणा गरिएको हो । प्रदेशमा साक्षर जिल्ला घोषणा हुदाँ १५–६० उमेर समूहका १६ लाख ३४ हजार १६७ निरक्षर मध्ये १५ लाख ८८ हजार ८२२ साक्षर भएका छन् । जुन ९७.२२ प्रतिशत रहेको छ । शिक्षा विकास निर्देशनालयका अनुसार धादिङमा ( ९८.४०), मकवानपुरमा( ९८.९७), चितवनमा(९७.५०), नुवाकोट( ९८.१९), भक्तपुरमा (९६.७०),रामेछापमा (९६.४०),सिन्धुलीमा (९९.१३), रसुवामा (९६.२९), काभ्रेपलान्चोकमा(९६.४८) काठमाडौंमा(९६.८८) र सिन्धुपाल्चोकमा (९७.६८) प्रतिशत साक्षरता रहेको छ ।