बागमती प्रदेशसभाको नवौं अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

२० असोज, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले आगामी असोज २४ गते दिउँसो ३ बजेका लागि नबौँ अधिबेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्ष्तामा आज बसेको प्रदेश मन्त्रीपरिषद बैठकले अबिधेशन बोलाउन प्रदेश प्रमुख यादबचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो । एमालेमा रहेका ५६ सांसद मध्य १३ जना सांसद नेकपा एकीकृत समाजबादीमा प्रबेश गरेसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । बहुमत प्राप्त संसदीय दल विभाजन भएसंगै ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभा समक्ष विश्वासको मतका लागि प्रस्ताब राख्नुपर्ने संबैधानिक ब्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासका मतको लागि प्रस्ताब राख्न अबिधेशन बोलाउने निर्णय भएको हो । असोज २५ गते भित्रै मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताब राख्न तयारी भएको छ ।