सेवा सूविधा बृद्धीको माग राख्दै बर्जरका श्रमिक धर्ना

२ माघ, हेटौँडा । विश्वरुप सेक्युरिटी सर्भिस प्राली मार्फत बर्जर जोन्सन एण्ड निकोल्सनमा कार्यरत १८ जना श्रमिकले तलब सुविधा वृद्धि गर्नुपर्ने माग राखेका छन् ।
उद्योग ब्यवस्थापनसंग पटक–पटक छलफल भएपनी कार्यान्वयन नभएको भन्दै आईतबार मुल गेट अगाडी नै श्रमिकहरु धर्नामा बसेका हुन । उनीहरुले गत वर्ष पुस १६ गते सामुहिक रुपमा मागपत्र पेश गरेका थिए । आफ्ना मागप्रति उद्योग ब्यवस्थापनले वेवास्ता गरेको श्रमिकहरुको गुनासो छ । गत असोज ५ गते उनीहरुले कम्पनिलाई आफ्नो माग कार्यान्वयनका लागि १ महिने अल्टिमेटन दिएका थिए । श्रमिकको माग प्रति कम्पनीले वेवस्ता गरेकै कारण बाध्य भएर आन्दोलन गर्नुपरेको श्रमिकहरुले बताए । श्रमऐन २०७४ को दफा ११६ को उपदफा (ग) बमोजिम उद्योग व्यवस्थापन पक्षसंग सामुहिक माग दावीको विषयमा मेलमिलाप गराईदिन श्रम कार्यालय हेटौंडालाई समेत श्रमिकहरुले अनुरोध गरेका छन् ।