मकवानपुरमा सोमबार १ सय ७६ जनामा कोरोना पुष्टि

३ माघ, हेटौँडा । मकवानपुरमा जिल्ला कोरोना भाइरसको उच्च जोखिम जिल्ला भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७६ जनामा कोरोना पुष्टि भएसँगै मकवानपुर उच्च जोखिम जिल्ला भएको हो । सक्रिय संक्रमित ५ सय नाघेको जिल्ला उच्च जोखिममा पर्दछ । मकपानपुरमा हाल सक्रिय संक्रमित ५ सय ६९ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा मकवानपुरमा कोभिड–१९ संक्रमित दुईजनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ व्यक्ती संक्रमण मुक्त भएका छन् ।