बागमती प्रदेशमा २५ प्रतिशतले खोप लाएनन्

३ माघ, हेटौँडा । बागमती प्रदेशमा २५ प्रतिशत जनसंख्याले कोरोना भाइरस बिरुद्धको कुनै खोप नलगाएको प्रदेश स्वास्थ्य मन्त्रालयले बताएको छ ।
खोज र खोप लगाउ अभियान अन्तर्गत यो जनसंख्यालाई लक्षीत गरिएको मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशाशक बसन्त अधिकारीले बताउनुभयो । नुवाकोटका दुर्गम गाउँ बस्ती र मकवानपुरको पश्चिम क्षेत्रका चेपाङ खोपबाट बन्चित भएको मन्त्रालयले जनाएको छ । दुबै जिल्लालाई लक्षीत गरी मन्त्रालयले बिशेष अभियान सञ्चालन गरेको छ । खोपका बारेमा समुदायमा रहेको गलत भ्रमका कारण मानिसहरु खोप लगाउन नरुचाउँदा समस्या देखिएको छ । यस्ता क्षेत्रमा स्थानीय तह र स्वास्थ्यकर्मी परिचालन गरी खोप अभियान सञ्चालन गर्न संघीय सरकारबाट निर्देशन आएको अधिकारीले बताउनुभयो । प्रदेशमा सोमबारबाट बुस्टर डोज खोप लगाउने अभियान सुरु भएको छ । खोपको तेस्रो मात्रा सबै मानिसलाई लगाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लक्षीत मोर्डना र फाईजर खोप अभियानलाई समेत प्रदेशमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।