मोडेल अस्पताललाई ४० हजार जरिवाना

९ माघ, हेटौँडा । हेटौँडा १ मा रहेको मोडेल अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले जरिवाना गराएको छ ।
दर्ता नै नगरी सञ्चालन रहेको भएको मोडेल अस्पताल सम्बन्धी समाचार टिम टेलिभिजनले प्रशारण गरेपछि यसको नियमनका लागि हेटौँडा उपमहानगरपालिकाले चासो देखाएको थियो । मोडल अस्पतालले स्थानीय प्रशासनलाई झुक्याउन एउटै बिल्डीङमा हेटौंडा अर्थोपेडिकको बोर्ड र पछाडी हेटौँडा मोडल अस्पतालको बोर्ड राखेर संचालन गदै आएको थियो । यस्तै अस्पताल लामो समय विना नविकरण निर्वाध रुपमा संचालन रहेको थियो । उपमहानगरले अस्पताललाई अनुमती प्राप्त नगरी संचालनमा रहेको भन्दै २५ हजार रुपैयाँ , २०७६ साल भाद्र पछिको १० हजार रुपैयाँ र चालु आर्थिक वर्षको नविकरण शुल्क ५ हजार रुपैयाँ सहित कुल ४० हजार रुपैयाँ जरिवाना गराएको उपमहानगरका आयुर्बेद तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो । अस्पतालले यसअघि अनुमती नलिई २० शैया भन्दा बढी सञ्चालन गदै आईरहेकोमा अहिले १० शैया सम्मको मात्र उपनगरबाट अनुमती पाएको छ । यस्तै ल्याब , एक्सरे र फ्रामेशीको पनि अनुमती नलिई संचालनमा रहेकोमा त्यसको लागी पनि अलग– अलग अनुमती लिएर मात्र संचालन गर्न उपनगरले पत्र पठाएको छ ।