१ लाख ६६ हजार ४ सय २३ वटा भेडा बाख्रामा पिपिआर खोप लगाइयो

४ फागुन, हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपक्षीं मन्त्रालयले प्रदेशभरि सप्ताहव्यापी संचालन गरेको पिपिआर विरुद्धको खोप मकवानपुरमा १ लाख ६६ हजार ४ सय २३ वटा भेडाबाख्रामा लगाईएको छ ।
मन्त्रालयले माघ २५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन गरेको सप्ताहव्यापी खोप अभियानमा ८ लाख २१ हजार ४ सय ८९ वटा बाख्रा र ८ हजार ६ सय ९८ वटा भेडालाई खोप दिइएको थियो । जसमध्ये सबै भन्दा वढी खोप मकवानपुरमा १ लाख ६६ हजार ४ सय २३ खोप दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको चिकित्सक ब्रोजकिशोर ठाकुरले बताउनुभयो । मन्त्रालयले गाउँगाउमा कृषकै गोठमा पुगेर खोप लगाएको थियो । आफ्नो गोठमै आएर पशु चिकित्सकहरुले खोप लगाउँदा कृषिकहरुले बजार गएर खोप लगाउनुपर्ने बाध्यताका विच यस अभियानले सहज तुल्याएको भन्दै खुशी व्यक्तगरे । भेडाबाख्राको हैजाको रुपमा लिइने पिपिआर रोगले नेपालमा बर्षेनी धेरै संख्यामा भेडाबाख्राको मृत्यु भई किसानले ठुलो क्षति व्योहोरेका कारण खोप अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।