कानुनी उपचार खोज्ने सन्तोष चौलागाईको उद्घोष

६ फागुन, हेटौँडा । बागमती प्रदेश सरकार मन्त्रीपरिषदको पूर्वाग्रही निर्णय बिरुद्ध प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागााईले कानुनी उपचार खोज्ने बताउनुभएको छ ।
सरकारले राजनीतिक प्रतिशोध साँधेर स्पष्टीकरण सोध्दै बर्खास्त गर्ने निर्णय गरेसंगै उहाँले कानूनी उपचार खोज्ने बताउनभएको हो । सरकारले बर्खास्त गरेको औपचारिक पत्र भने अझै दिएको छैन । आफु ४ बर्षे कार्यकालका लागि नियुक्त भएको भन्द चौलागाईले परिषद्को गरिमालाई ध्यानमा राखी क्षेत्राधिकार भित्रै रहेर समग्र वाग्मती प्रदेशका युवाहरुको हितका लागि काम गरेको बताउनुभयो । प्रदेश सरकारको विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसंग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति वेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरेको थियो ।