बाल मैत्री बनाउन राडो नेपालद्वारा सामाग्री सहयोग

६ फागुन, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर लाई बालमैत्री बनाउन स्तनपान कक्ष बनाईएको छ ।
राडो नेपाल मकवानपुरले स्तनपान कक्ष ब्यवस्थापन गर्न प्रहरीलाइसहयोग गरेको हो । शुक्रवार प्लान ईन्टरनेशनल नेपालकोे आर्थिक सहयोगमा १ थान ल्यापटप, १ वटा कर्नल लाईवेरी, १ थान एलईडी टिभी , १ थान प्रिन्टर मेशिन , कार्पेट , सहित बालबालिकाका लागि खेलौना सामग्री सहयोग गरेको हो । संस्थाका कार्यक्रम संयोजक दिपेन्द्र कुमार पाठकले प्रहरी निरीक्षक चुडा कुमारी खड्कालाई सामग्री हस्तातरण गर्नुभएको हो । कार्यालयमा पहिले महिला तथा बालबालिका कक्ष भएपनि व्यवस्थित थिएन । प्रहरी कार्यालयमा महिला तथा बालबालिका घटना बढीरहेको बेला त्यसलाई व्यवस्थापन गर्न सहजहोस् भन्ने उद्देश्यले सहयोग गरीएको हो । संस्थाको सहयोगले प्रहरी कार्यालयमा बालमैत्री वातावरण बनेको प्रहरी निरिक्षक चुडा कुमारी खड्काले बताउनुभयो ।